August 24, 2017

प्रेमिकासँग पहिलो डेटमा जाँदैहुनुहुन्छ, यी कुरामा ध्यान राख्नुस्–

काठमाण्डौ, ११ जेठ । यदि तपाईलाई आफ्नी प्रेमिकाले के चाहन्छिन् भन्ने कुरा थाहा पाउनुहुन्न भने त्यो तपाईकै कमजोरी हो । यदि तपाई प्रमिकासँग पहिलो डेटमा जाँदै हुनुहुन्छ भने कस्तो पहिरन लगाउनु हुन्छ, त्यसले महत्व राख्छ ।

यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर पहिलो भेटमा पहिरनले नै असर गर्दछ । साथै कपडाको रंग पनि यसमा जोडिने गर्दछ । यदि तपाई पनि कसैलाई प्रपोज गर्न जाँदै हुनुहुन्छ भने यी चीजलाई ध्यान दिनुहोस्–

१. केयरिङ एटिच्युड

प्रायशः केटीहरु के चाहन्छन् भने उसको बारेमा ध्यान राख्ने कोही होस् । यो कुराले कुनै पनि प्रमिकाको मुटुलाई छुने गर्दछ ।

२. सुगन्धित अत्तर

धेरै प्रेमिकालाई परफ्युमको बासनाले पनि आफूतर्फ आकर्षित गर्न सकिन्छ । तसर्थ पहिलो डेटमा जाँदा परफ्युम लगाउन भुल्नु हुँदैन ।

३. सेतो सर्टको जादु

अधिकांश प्रेमिकाहरु सेतो आफ्नो प्रेमीलाई सेतो सर्टमा देख्दा आकर्षित हुने गर्दछन् । यदि तपाई कसैसँग डेटमा जानु हुँदैछ भने सेतो सर्ट लगाउन नभुल्नुहोस् ।

४. दाह्री–जुँगा मेन्टेन गर्नुस्

पहिलो डेटमा जंगलीजस्तो भएर डेटमा नजानुस् । आफ्नो दाह्री र जुँगालाई सही आकार दिनुहोस् । साथै सेभ गरेर पनि पहिलो डेटमा जान सकिन्छ ।