August 17, 2017

विद्यालय सुधार गर्न उदाहरणीय कार्य गरेका कपिलवस्तु जिल्लाका तीन विद्यालय पुरस्कृत

खग प्रसाद चापागाई / कपिलवस्तु, ११ जेठ । विद्यालय सुधार योजना तर्फ उदाहरणीय कार्य गरेका कपिलवस्तु जिल्लाका तीन विधालयलाई जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले पुरस्कृत गरेको छ ।

सम्मानित हुनेमा जनकल्याण मावि बरकलपुर, सरस्वती मावि शिवगढी र प्रावि बढहरा जयनगर रहेका छन् । पुरस्कृत विद्यालयलाई पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बिष्णु प्रसाद अधिकारीले ट्रफी र विभिन्न खेल सामाग्री सहितको पुरस्कार हस्तान्तरण गरेका हुन् ।

शिक्षा विभाग तथा सिसम २ परियोजनाको सहयोग तथा जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको आयोजनामा तौलिहवामा आयोजित विधालय सुधार योजनाको प्रगति समीक्षा कार्यक्रममा ती विद्यालय पुरस्कृत भएका हुन् ।

कार्यक्रममा बोल्दै सहभागिहरुले क्षेत्रीयस्तरमै कपिलवस्तु जिल्लाको शिक्षाको स्तर कमजोर रहेकोले शैक्षिक अवस्था सुधारका लागि सबैको सरोकार आवश्यक रहेकोमा जोड दिए ।