‘आणविक अस्त्र निस्तेज गरौँ’ भन्ने नाराका साथ सफल सगरमाथा आरोहण

काठमाण्डौ, ११ जेठ । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्रको निस्तेज गरौँ’ भन्ने मूल नाराकासाथ शुुशिल शेर्माले सफल सगरमाथा आरोहण गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा सुशिल शेर्मा सगरमाथ ओरोहण सहयोग समितिले पत्रकार सम्मेलन गरेर नेपाली समय अनुसार शुशिल शेर्माले यही जेठ ५ गते बिहान ८ः ५३ बजे सगरमाथाको टाकुरामा नेपाली झण्डा फहराएर विश्व शान्तिको लागि आणविक हतियार र अस्त्र शस्त्रको अन्त्यको लागि आह्वान गरेको जानकारी दिएको छ ।

विश्वमा आणविक हात–हतियारसँगै अस्त्र–शस्त्रको प्रभाव बढ्दै गएको र शान्तिको खडेरी पर्ने सम्भावना भएको कारण आणविक अस्त्रको अन्त्यको अभियान नेपालबाट सुरुवात गरेको समितिका अध्यक्ष टंक सेलिङले बताए । उनले भने, ‘शुशिले शेर्माले सफलता पनउलान् कि नपाउलान् भन्ने डर थियो तर शेर्मा सफल भएरै छोडे, विश्व शान्तिको विगुल फुकेरै छोडे ।’

त्यस्तै कार्यक्रममा सगरमाथा आरोही शुशिल शेर्माले पाँचथर जिल्लाको इतिहास रचेको र विश्वशान्तिको लागि आफूले सगरमाथाको शिरबाट विश्वलाई खुल्ला आह्वान गरेको पनि बताए ।