राष्ट्रपति भण्डारीद्वारा सरकारकाे वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश

काठमाण्डौ, ११ जेठ । सरकारको वार्षिक नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा पेश भएको छ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गरेकी हुन् । चुनावी आचारसंहिताका कारण यो पटक बजेट र वार्षिक नीति कार्यक्रममा कुनै नयाँ विषय समेटिएका छैनन् ।

नयाँ कार्यक्रमभन्दा पुरानै कार्यक्रमको निरन्तरता र विस्तारमात्र गरी नीति तथा कार्यक्रम पेश भएको छ ।