के तपाइँलाई थाहा छ दैनिक जीवनमा बीँयाको कति महत्व छ ?

काठमाण्डौ, ११ जेठ । यदि तपाई स्वच्छ र स्वस्थ जीवन चाहनु हुन्छ भने खानपानले नै महत्वपूर्ण भूमिका खेल्दछ ।

प्राय: हामी घरमा कुनै फल या तरकारीको प्रयोग गर्छाैं र त्यसको बीँया र दानालाई बेकार सम्झिएर मिल्काउने गर्दछौं । तर तपाईलाई थाहा छ बीँयामा पनि धेरै पौष्टिक तत्व हुने गर्दछ, जसको प्रयोग गरेर आफ्नो शरीरको कयौं रोगलाई दूर गराउन सकिन्छ ।

आउनुहोस् यस्ता केही बीँयाको बारेमा जानकारी लिऔं–

१. फर्सीको बीँया


फर्सीको बीँयामा भिटामिन बी र फलिक एसिडको साथै एक केमिकल हुन्छ, जसले हाम्रो मुडलाई फ्रेस बनाइराख्न मद्दत गर्दछ । यसको बीँया मधुमेह रोगिका लागि पनि फाईदाजनक हुन्छ । साथै शरीरमा रहेको इन्सुलिनको मात्रा सन्तुलित राख्न पनि मद्दत गर्दछ ।

२. कटहरको बीँया


यदि कसैलाई भोक लाग्दैन भने त्यस्ता व्यक्तिका लागि कटहरको बीँया वरदान हुन सक्छ । कटहरको बीँयालाई रातमा भिजाएर बिहान खाँदा भोक बढ्ने गर्दछ ।

३. तरबुजाको बीँया


तौल कम गर्नका लागि तरबुजाको बीँयालाई अति उपयुक्त मानिन्छ । यसको बीँयालाई पिसेर दूध या पानीसँग सेवन गर्दा तौल कम गर्न मद्दत पुग्दछ ।

४. अंगुरको बीँया


अंगुरमा काफी मात्रामा भिटामिन इ पाइने गर्दछ । यसको बीँयाबाट निक्लने तेल औषधीमा पनि प्रयोग गरिन्छ । अंगुरकाे बीँयामा हुने पौष्टिक तत्वले डायबिटिजको खतराबाट पनि जोगाउन मद्दत गर्दछ ।