August 19, 2017

बर्दियाका सबै स्थानीय तहमा एमालेले उम्मेदवारकाे टुंगाे लगायाे (सूचीसहित-)

भावुक योगी बर्दिया, जेठ ११ । जेठ ३१ गते हुने दोस्रो चरणका स्थानीय तहको चुनावका लागि बर्दियामा नेकपा एमालेले नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख सहित वडाअध्यक्ष र सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।

६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा नेकपा एमालेले उम्मेदवार छनोट गरेको एमाले जिल्ला अध्यक्ष हरी ज्ञवालीले जानकारी दिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रले एकमात्र तहमा टुंगो लगाउन बाँकी रहेकाले बिहीबार बेलुकासम्म टुंगो लगाउने जनाएको छ । उता नेपाली कांग्रेसले अझैँ २ वटा तहमा टुंगो लगाउन नसक्दा जेठ १४ गते सम्म टुंगो लगाउने जिल्ला सभापति एवं सांसद सञ्जय गौतमले बताए ।

कुन स्थानीय तहमा को उम्मेदवार (एमाले) ?
गुलरीया नगरपालिका
मेयरः हरी ज्ञवाली र उपमेयरः टिका सम्सेली मगर
बाँसगढी नगरपालिका
मेयरः शालीकराम अधिकारी र उपमेयरः सुष्मा चौधरी
ठाकुरबाबा नगरपालिका
मेयरः घननारायण श्रेष्ठ र उपमेयरः बिना भट्टराई
मधुवन नगरपालिका
मेयरः दुर्गा बहादुर वली र उपमेयरः हिरा चौधरी
बारबर्दिया नगरपालिका
मेयरः रामबहादुर चौधरी र उपमेयरः पुष्पा वली
राजापुर नगरपालिका
मेयरः पहाडी थारु र उपमेयरः कृष्णी चौधरी
गेरुवा गाउँपालिका
अध्यक्षः नुतन कुमार चौधरी र उपाध्यक्षः मञ्जु शर्मा
बढैया गाउँपालिका
अध्यक्षः लालबहादुर श्रेष्ठ र उपाध्यक्षः दिपा गौतम