October 19, 2017

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलबीच एकता

काठमाण्डौ, ७ वैशाख । लामो समयको गृहकार्यपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलबीच आज एकता भएकाे छ ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता घोषणा भएकाे हो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने एकीकृत पार्टीमा सहभागी भएका छैनन् ।

यादव र झा पनि चाँडै एकीकरण प्रक्रियामा सहभागी हुने नेताहरुले बताएका छन् । एकीकृत पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ र चुनाव चिन्ह ‘छाता’ राखिएकाे छ ।