Breaking News

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको शितलपाटी सडक असारसम्म पूर्ण मर्मत गरिने

काठमाण्डौ, ११ जेठ । तीन महिनाअघि भासिएको बीपी राजमार्गअन्तर्गत सिन्धुलीको शितलपाटी सडक मर्मत आगामी असारमा पूरा हुने भएको छ ।

जापानी प्रविधिक टोलीले उक्त सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । अन्य सडकभन्दा फरक डिजाइनको सडक भएकोले पनि मर्मत कार्य केही ढिला हुन गएको र आउँदो असारसम्ममा मर्मत पूर्ण रुपमा सम्पन्न हुने बताइएको छ । तीन महिनाअघि फागुनमा गएको सुखा पहिरोले सडक भासिदा आवागमन अवरुद्ध भएको थियो ।

काठमाण्डौलाई पूर्वी तराईसँग जोड्ने सबैभन्दा छोटो सडक मार्ग धुलीखेल बर्दिवास सडक भूकम्पका कारण कमजोर भएको हो । झण्डै ३० मिटर सडक भासिएपछि तत्कालै डाइभर्सनमार्र्फत एकतर्फी सडक खुलाइएको थियो ।

एकतर्फ सडक खुलेका कारण अहिले पनि झण्डै एक घण्टा जाम पर्ने हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

shares