October 17, 2017

जेठ ३१ मै दोस्रो चरणको चुनाव गराउने कांग्रेसको निर्णय

काठमाण्डौ, ११ जेठ । नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ गते नै गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले पूर्व निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा चुनावका उम्मेदवार चयनबारे पनि छलफल भएको थियो । उम्मेदवार छान्न शुक्रबार बिहान पुनः बैठक बस्ने कार्यतालिका रहेको छ ।

त्यस्तै जेठ १२ गतेभित्रै उम्मेदवार सिफारिस गरेर सम्बन्धित निकायमा पठाउन कांग्रेसले निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि सरकारको नेतृत्व अब कांग्रेसले गर्ने भएको छ ।