October 19, 2017

तीन महानगरपालिकामा मतगणना जारी, तीनवटामै एमाले अघि

काठमाण्डौ, ११ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न तीनवटा महानगरपालिकाको मतगणना आज एघारौं दिन पनि जारी छ ।

तीनवटै महानगरपालिकामा एमालेका उम्मेदवारको अग्रता कायमै छ । काठमाण्डौ महानगरपालिकामा एमाले उम्मेदवार बिद्यासुन्दर शाक्यले ५० हजार २ सय ७४ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसका राजुराज जोशीले ३५ हजार ५ सय २, विवेकशील पार्टीकी रञ्जु दर्शानाले १८ हजार ३ सय ५१, साझा पार्टीका किशोर थापाले १४ हजार २ सय र माओवादी पार्टीका सर्वोत्तम डंगोलले करिब ६ हजार मत प्राप्त गरेका छन् ।

उता, भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवारसँगको मतान्तर केही घटाएकी छिन् । एमाले उम्मेदवार देवी ज्ञवाली करिब १७ सय मतले अघि देखिएका छन् ।

यस्तै, पोखरा लेखनाथ महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसी कांग्रेस उम्मेदवार रामजी कुँवर भन्दा करिब १२ मतले अघि छन् ।