Breaking News

देशमा लगानी गरेर समृद्धिकाे ढोका खोल्न प्रवासी नेपालीलाई उद्योग मन्त्रीको अाग्रह

काठमाण्डौ ११ जेठ । अमेरिका भ्रमणमा रहेका उद्योग मन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको संभावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीहरुले समेत देशमा लगानी गर्न अनुरोध गरेका छन ।

जनसम्पर्क समिति अमेरिकाले वुधवार न्यूयोर्कमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गरे ।
मन्त्री जोशीले लगानी सम्मेलनको आयोजना गरेर सवै राजनीतिक दलको प्रतिवद्धतामा देशमा स्वदेशी पूँजीको परिचालन र वैदेशिक लगानीको मार्ग प्रशस्त गर्न सफल भएको वताए ।
उनले औषधि उद्योगको सञ्चालन गरेर अत्यावश्यक औषधिको उत्पादन थालनी गरेको र आगामी दिनमा कपडा उद्योग पनि सञ्चालन गरेर देशमा औद्योगिक वातावरणको अभियान थाल्न आफूले प्रयास गरेको जानकारी दिए ।
जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले राजनीतिक स्थायित्व पछि अव आर्थिक समृद्धमा सवैको सहकार्य आवश्यक रहेको भन्दै आफू त्यसको लागि सदैव तत्पर रहने बताए । कार्यक्रममा महासचिव मुनेन्द्र नेम्वाङ्ग कांग्रेसका नेता त्रैलोक्यप्रताप सेन लगायतका व्यक्तित्वहरुले आफनो धारणा राखेका थिए ।

shares