October 24, 2017

लिबियामा ३४ अाप्रवासीकाे डुबेर मृत्यु

काठमाण्डौ ११ जेठ । लिबियामा भूमध्य सागरमा यात्राका दौरान डुंगाबाट खसेर ३४ आप्रवासीको मृत्यु भएको छ ।

इटालीका अधिकारीहरुका अनुसार क्षमता भन्दा बढी यात्रु भएपछि उनीहरु डुंगाबाट खसेका थिए । डुंगामा ५ सय भन्दा बढी  अाप्रवासी रहेको अधिकारीहरुले बताएका छन । डुंगाको सन्तुलन बिग्रिएपछि २ सय अाप्रवासी पानीमा खसेको र ती मध्ये ३४ जनाको डुबेर मृत्यु भएको उनीहरुले बताए । भूमध्य सागरमा खसेका मध्ये अधिकांश बेपत्ता भएका छन । एजेन्सी