नुनिलो वस्तुको प्रयाेगले भोक बढ्छ र तिर्खाको मात्रा घट्छ

काठमाण्डौ, ६ वैशाख । मंगल ग्रहमा कृत्रिम मिसन तयार गर्न लागिएको सन्दर्भमा अनुसन्धानकर्ताहरुले नुनिलो खाद्य पदार्थ खानाले तिर्खा घट्ने र भोक बढ्ने कुरा पत्ता लगाएका छन् ।

यस्तो किन हुन्छ त भन्दा अनुसन्धानकर्ताहरुले शरीरमा अधिक मात्रामा ऊर्जाको आवश्यकता हुने भएकोले यस्तो भएको बताए । अध्ययनमा के देखाइएको छ भने धेरै मात्रामा नुनिलो पदार्थ खाने यात्रीहरुले अन्तरिक्षमा पानीको व्यवस्था गरेका थिए । तर उनीहरुलाई तिर्खा लागेन बरु धेरै ऊर्जाको आवश्यकता पर्‍यो ।

जर्मनीको जर्मन अन्तरिक्ष केन्द्र (डिएलआर) का शोधकर्ताहरुले १० जना पुरुषहरुको समूहलाई कृत्रिम अन्तरिक्ष यानमा मंगल ग्रहमा दुई कृत्रिम उडानका लागि पठाएका थिए । पठाइएको दुई समूहमध्ये एक समूहलाई १ सय ५ दिन र अर्काे समूहलाई २ सय ५ दिनसम्म राखिएको थियो ।

नुनिलो पदार्थको ज्यादा सेवनले पिसाबमा नुनिलोको मात्रा धेरै रहने कुराको भने पुष्टि भएको छैन । शोधकर्ताहरुले नुनिलो वस्तुको प्रयोगले मृगौलामा पानी संरक्षित राख्ने प्रक्रियाको विकसि गर्ने बताए ।