Breaking News

दोस्रो चरणको स्थानीय चुनावबारे अन्योल बढ्यो : एमाले

काठमाण्डौ ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीय चुनावबारे अन्योल बढेको प्रमुख प्रतिपक्षी दल एमालेले  निष्कर्ष निकालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकोटमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तह संख्या बृद्धि र सीमा हेरफेरका कारण जेठ  ३१ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो ।

यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड छ ।  याे खबर नागरिक दैनिकमा छ ।

shares