October 24, 2017

नेपाल र भारतबीच रहेकाे असमझदारी हटाउनु पर्नेमा राजदूत पुरीकाे जाेड

काठमाण्डौ, १० जेठ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल–भारतबीच रहेका असमझदारी हटाउँदै सम्बन्ध मजबुत बनाउनुपर्ने बताएका छन् ।

काठमाण्डौमा आज भएको साक्षात्कारमा राजदूत पुरीले नेपालको विकासमा भारतको ठूलो सहयोग रहँदै आएको स्मरण गराउँदै भूकम्पको पुनर्निर्माणका लागि दिने भनेर घोषणा गरेको मध्ये २ सय ५० मिलियन दिइसकेको जानकारी पनि गराए । साथै उनले भारतले नेपालमा रेल–वे लिंक, जलविद्युत, रोड, कन्स्ट्रक्सन, कनेक्टिभीटी, इन्ट्रिगेटेड चेकपोष्ट लगायतका ठूला–ठूला परियोजनाहरु सञ्चालन गरिरहेको बताए ।

राजदूत पुरीले भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको विश्वास पनि दिलाए ।