August 23, 2017

संसद बैठक अवरुद्ध हुनु दुर्भाग्यपूर्णः रामशरण महत

काठमाण्डौ, १० जेठ । कांग्रेसका नेता डाक्टर रामशरण महतले संसद बैठक अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।

साथै महतले असन्तुष्ट पक्षहरुले आफ्ना कुरा संसद भित्रै राख्न सुझाव पनि दिए । संसद बैठकमा आज प्री बजेटबारे छलफल गर्ने कार्यसूची थियो ।