October 19, 2017

राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री दाहालको राजीनामा स्वीकृत

काठमाण्डौ, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा स्वीकृत गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानकाे धारा २ सय ९८ को उपधारा १० बमोजिम अर्को मन्त्रीमण्डल गठन नभए सम्म यही मन्त्रीमण्डलले कार्यसम्पादन गर्ने गरी राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सिंहदरबारमा विशेष पत्रकार सम्मेलनपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति समक्ष राजीनामा पेश गरेका थिए ।