October 19, 2017

काठमाण्डौ महानगरमा एमाले कांग्रेसभन्दा १४ हजार मतले अघि

काठमाण्डौ, १० जेठ । काठमाण्डौ महानगरपालिकाको मतगणना जारी रहँदा अहिलेसम्म १ लाख ४० हजार मत गन्दा एमालेले अग्रता बढाइरहेको छ ।

एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्य उनका प्रतिद्वन्दी कांग्रेसका राजुराज जोशीभन्दा झण्डै १४ हजार मतले अघि छन् । बिद्यासुन्दरले ४६ हजार ५ सय ९३ मत प्राप्त गर्दा जोशीले ३२ हजार ७ सय ९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी विकेकशील दलकी रञ्जु दर्शनाले १६ हजार ९ सय ५६ मत प्राप्त गरेकी छिन् । साझा पार्टीका किशोर थापाको १२ हजार ८ सय ९८ मत रहेको छ । त्यस्तै माओवादी केन्द्रका सर्वाेत्तम डंगोलले पनि ५ हजार बढि मत ल्याएका छन् ।