October 23, 2017

हेटौंडा उपमहानगरको मेयर–उपमेयरमा एमाले विजयी

काठमाण्डौ, १० जेठ । स्थानीय तह पहिलो चरणको निर्वाचनमा एकमात्र उपमहानगरपालिका हेटौंडाको मेयर–उपमेयर दुबैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट हरिबहादुर महतले २३ हजार १ सय २४ मत प्राप्त गर्दै कांग्रेस–माओवादी गठबन्धनका कांग्रेस उम्मेदवार आनन्द पराजुलीलाई हराएका हुन् । पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मीना लामाले बाजी मार्दा २३ हजार ४ सय ३७ मत प्राप्त गरिन् । माओवादी केन्द्रका बलराम बलले जम्मा १७ हजार ११ मत प्राप्त गरे । यो परिणाम सार्वजनिक भएसँगै हेटौंडामा पनि गठबन्धन पक्ष कमजोर देखिएको हो ।