August 23, 2017

फिल्मफेयर म्यागेजिनको कभर पेजमा ऐश्वर्यालाई देखाइँदै

काठमाण्डौ, ६ वैशाख । अभिनेत्री ऐश्वर्या राय बच्चनलाई फिल्मफेयर म्यागेजिनको मे संस्करणको कभर पेजमा देख्न पाइने भएको छ ।

निलो रङको नेबीको ज्याकेटमा उनको पोटो फिल्मफेयर म्यागेजिनको कभर पेजमा छापिँदैछ । उक्त म्यागेजिनको पछिल्लो वर्षको नोभेम्बर संस्करणमा पनि अभिनेता रणवीर कपूरसँग ऐश्वर्याको फोटो छापिएको थियो ।

पछिल्लो वर्ष अक्टोबर महिनामा ऐश्वर्याको फिल्म ऐ दिल हे मुश्किल रिलिज भएको थियो । जसमा रणवीर कपूरले अभिनेताको भूमिका निभाएका थिए ।