दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली ४–१ पराजित

काठमाण्डौ, १० जेठ । मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको खेलमा नेपाली महिला टोली मलेसियासँग पराजित भएको छ ।

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली ४–१ गोलअन्तरले पराजित भएको हो । मलेसियाका लागि सेरेइलिएन इले पिउसले २ तथा नरअथिराह ममत र पुटेरिन नोरालिसाले समान १–१ गोल गरे । नेपालका लागि कप्तान सजना रानामगरले १ मात्र सान्त्वना गोल गरिन् ।

यसअघि मे २२ मा भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।