August 17, 2017

तीन महानगरपालिकाको मतगणना जारी रहँदा तीनवटै महानगरमा एमालेकाे अग्रता

काठमाण्डौ, १० जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत तीनवटा महानगरपालिकाको मतगणना जारी छ ।

तीनवटै महानगरमा नेकपा एमालेको अग्रता छ । काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले ४५ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ३१ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् । यस्तै, विवेकशील पार्टीकी रञ्जु दर्शनाले १६ हजार ५ सय २३ र साझा पार्टीका किशोर थापाले १२ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।

उता, भरतपुर महानगरपालिकामा पनि एमालेको अग्रता छ । एमाले उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा २५ सय मतले अघि छन् । पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसी कांग्रेस उम्मेदवार रामजी कुँवर भन्दा ७ हजार मतले अघि देखिएका छन् ।