आजबाट भक्तपुरमा साझाको सेवा विस्तार

काठमाण्डौ, १० जेठ । साझा यातायातले आजबाट भक्तपुरमा आफ्नो सेवा विस्तार गरेको छ ।

यातायात व्यवस्था विभागबाट अनुमति पाएसँगै साझाले काठमाण्डौको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म सेवा विस्तार गरेको हो । यो रुटमा साझा यातायातले यात्रुहरूलाई बिहान ६ देखि राति ९ बजेसम्म सेवा प्रदान गर्नेछ ।

अब स्वयम्भुबाट सीतापाइला–कलंकी–रविभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–रत्नपार्क–शहीदगेट–थापाथली–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मीनभवन हुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म पुग्नेछन् । सूर्यविनायकबाट ठिमी–गठ्ठाघर–कौशलटार–लोकन्थली–कोटेश्वर हुँदै माइतिघरबाट सिंहदरबार–पुतलीसडक–कमलादी–घण्टाघर–पुरानो बसपार्क–शहीदगेट–त्रिपुरेश्वर–कलंकी हुँदै स्वयम्भू नै फर्किने छ ।

काठमाण्डौ, ललितपुर र उपत्यका बाहिरका केही स्थानमा समेत साझाले सेवा विस्तार गरेको छ । साझाले काठमाण्डौ उपत्यका बाहिर पनि सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।