October 20, 2017

भक्तपुर सूर्यविनायक नगरपालिकाका पदाधिकारीहरुद्वारा सपथ ग्रहण

भक्तपुर १० जेठ । सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर तथा वडाका पदाधिकारीहरुले आज सपथ लिएका छन् ।

एक कार्यक्रममार्फत सूर्यविनायक नगरपालिकाका निर्वाचन अधिकृत दुर्गा गुरुङले नवनिर्वाचित मेयर वासुदेव थापा, उपमेयर जुना बस्नेत र १० वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् ।

त्यस्तै, मेयर वासुदेव थापाले वडाका महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यहरुलाई सपथ खुवाए । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयर थापा र उपमेयर बस्नेत लगायत ७ वटा वडामा एमालेले जीत हासिल गरेको थियो । यहाँका ३ वडामा नेपाली कांग्रेसले जीतेको छ ।

निर्वाचित सदस्यहरुले आजैबाट पदभार ग्रहण गर्नुका साथै नगरको विकास र समृद्धिको जिम्मेवारी लिएका छन् ।