प्रधानमन्त्रीले अाज सिंहदरवारबाटै राजीनामा दिने

काठमाण्डौ १०जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले अाज देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने भएका छन । हिजो नै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामा दिने तयारी गरेका बेला  प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरेपछि संसदकाे बैठक स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने बताएपछि अाजकाे  बैठक पनी स्थगित भएको छ ।  संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्। प्रधानमन्त्रीले सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्न लागेको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

प्रधनमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सम्बोधन अपराह्न ४ बजे हुनेछ। त्यसका लागि प्रधानमन्त्री प्रचण्ड बानेश्वरबाट सिंहदरबार प्रस्थान गरिसकेका छन्।