कालिकोटको नरहरिनाथ गाउँपालिकाकाे प्रमुखमा एमाले विजयी

कालीवहादुर मल्ल कालिकोट १० जेठ । नरहरिनाथ गाउँपालिकाको प्रमुखमा एमालेका धिरबहादुर बिष्टले २ हजार ४ सय ६० मत प्राप्त गरी विजयी भएका छन ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनबहादुर बोगटीले २ हजार २ सय २८ मत प्राप्त गरेक छन् । उपप्रमुखमा भने माओवादी केन्द्रकी मनशोभा वुढाले वुढाले २ हजार २ सय ४९ मत सहित विजयी भएकी छन् ।
उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी उपप्रमुख उम्मेदवार सुशीला शाहीले २ हजार २ सय ४३ मत प्राप्त गरिन । नरहरीनाथ गाउँपालिकामा रहेका ९ वडा मध्य १,३,८ र ९ एमाले, ५,६ र ७ माोवादी केन्द्र र २ र ४ नम्वर वडामा नेपाली कांग्रेसको विजयी भएको छ ।