August 17, 2017

फिलिपिन्समको दक्षिणी मिन्ड्यानो द्धिपमा मार्सल ल घोषणा

काठमाण्डौ १० जेठ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले दक्षिणी मिन्ड्यानो द्धिपमा मार्सल ल घोषणा गरेका छन ।
राष्ट्रपति रोड्रिगोले ६० दिनका लागि सो द्धिपमा मार्सल ल लागू गरेका हुन् । सो क्षेत्रमा मुस्लिम बिद्रोहीसंग तनाव बढेपछि राष्ट्रपतिले सेना परिचालन गरेका हुन् ।सो क्षेत्रमा बिद्रोही र सेनाबीच अहिले पनि भिडन्त भैरहेको छ ।

सैन्य अधिकारीका अनुसार भिडन्तमा ३ जना सेनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मार्सल ल लागू भएपछि सेनालाई कुनैपनि व्यक्तिलाई हिरासतमा लिने पूर्ण अनुमति हुन्छ ।

मिन्डनाओमा मुस्लिम बिद्रोही संगठनले स्वायत्तता माग गर्दै आन्दोलन चर्काइरहेका थिए । सरकारले भने बिद्रोहीको केही गुट इस्लामिक स्टेट आइएससंग मिलेको आरोप लगाएको छ ।