ललितपुर महानगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेसको जित

काठमाडौं १० जेठ । ललितपुर महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका छन । महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३ सय २६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् ।

मेयर निर्वाचित महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका ब्यन्जनकारले भने  २४ हजार ३ सय १६ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा विजयी कांग्रेसकी गीता सत्यालले  १९ हजार ८ सय १९  मत पाइन भने सत्यालकी निकटतम प्रतिस्पर्धी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २ सय ४० मत पाएकी छन् ।