October 22, 2017

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरुलाई उपाधि

काठमाण्डौ, ९ जेठ । नेपालका प्रवेश पण्डितले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा बेस्ट फाइटरको उपाधि हात पारेका छन् ।

भारतको अमृतसरमा भएको प्रतियोगितामा प्रवेशले स्वर्णसहित बेस्ट फाइटरको उपाधि हात पारेका हुन् । उनले ४५ केजी तौलसमूहमा स्वर्ण र पुम्सेमा रजत पदक जिते । त्यस्तै, ६३ केजी तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले स्वर्ण र पुम्सेमा कास्य पदक जित्न सफल भएका छन् ।

प्रतियोगिताअन्तर्गत फाइटतर्फ नेपालका सब्बिरजंग रावल, रहीस खान, अब्बास खान, मोहम्मद उमर खान र आशिष सुवेदीले आ–आफ्नो तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । त्यस्तै, रावलले ४० केजी तथा अब्बास खानले ५२ केजी तौल समूहको पुम्सेतर्फ स्वर्ण जितेका छन् ।

च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोलीले पुम्सेमा चार स्वर्ण, तीन रजत र दुई कास्य तथा फाइटमा ७ स्वर्ण र ४ रजत हात पार्न सफल भएका छन् ।