साहित्यकार तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार’

काठमाण्डौ, ९ जेठ । नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०६ औं जन्मजयन्तीका अवसरमा काठमाण्डौमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसलाई पुरस्कार प्रदान गरेकी हुन् । त्यस्तै समारोहमा सञ्चारकर्मी जयदेव भट्टराईलाई २०७२ को, पुष्पहरि क्याम्पा राईलाई २०७३ को र नरेशवीर शाक्यलाई २०७४ को सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

युगकवि सिद्धिचरण पुरस्कारमा एक लाख रुपैयाँ र पत्रकारिता पुरस्कार जनही २५ हजार रुपैँया राशिको रहेको छ ।