August 17, 2017

इलाका प्रहरी कार्यालय रंगेलीद्वारा भन्सार छलेर ल्याएको अवैध सामान बरामद

काठमाण्डौ, ९ जेठ । भन्सार छलेर नेपाल भित्रिएको करिब ४ लाख मूल्य बराबरको अवैध सामान इलाका प्रहरी कार्यालय रंगेलीले बरामद गरी सार्वजनिक गरेको छ ।

दक्षिणपूर्वी मोरङको विभिन्न नाकाबाट अवैध रूपमा नेपाल भित्रिएका चिनी, लत्ताकपडा, सुर्ति, खाद्यान्न, रसायनीक मल लगायतका फलामका सामान बरामद गरी सार्वजनिक गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिवबाबु खड्काका अनुसार राजस्व छली ल्याएका सामान पक्राउ गरेको जानकारी दिए ।

त्यस्तै प्रहरीले करिब ५ सय लिटर अवैध घरेलु मदिरा समेत बरामद गरेको छ । डाइनिया बाट ४१ एम्पुल लागुऔषध डाईजापाम र फेनारगन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।