विवादका कारण ललितपुर महानगरको मतगणना प्रभावित

काठमाण्डौ, ९ जेठ । विवादका कारण ललितपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन ।

महानगरको २९ वडाको मात्रै मत गन्न बाँकी रहेको अवस्थामा एमालेका प्रतिनिधिले वडा नम्बर ४,८ र ९ को मतपेटिकामा हेरफेर भएको बताएपछि मतगणना प्रभावित भएको हो । उनीहरुले तीन वटा वडाको पुनः मतगणना हुनुपर्ने माग राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार ललितपुरमा झिनो मत अन्तरले कांग्रेस अगाडि रहेको छ ।

यस्तै महानगरका विभिन्न वडामा विजयी उम्मेद्वारले मंगलबार विजयी र्‍याली निकालेका छन् । ललितपुर महानगरमा कांग्रेस, एमाले र माओवादीको मिश्रित परिणाम आएको छ ।