May 23, 2017

गायक क्रिस ब्रोनले फोटोग्राफरलाई मुक्का हाने

काठमाण्डौ, ६ वैशाख । हलिउड गायक क्रिस ब्रोनले नाइट क्लबमा एक फोटोग्राफरमाथि मुक्का प्रहार गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

आफ्नो गीतको प्रचारप्रसार गर्न पुगेका ब्रोनले फोटोग्राफरलाई मुक्का प्रहार गरेका हुन् । ब्रोनका साथीहरुले फोटो नलिनका लागि आग्रह गरेको र फोटोग्राफरले लिने कोशिस गर्दा उनी ब्रोनको मुक्काको शिकार भएको बताइएको छ ।

उक्त घटनामा परेर ओठमा चोट लागेको फोटोग्राफरले आरोप लगाएका छन् ।