Breaking News

मृतकका आफन्त तोडफोडमा उत्रेपछि पाटन अस्पताल तनावग्रस्त

ललितपुर, ५ असार । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त तोडफोडमा उत्रेपछि ललितपुर लगनखेलको पाटन अस्पताल मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।

ललितपुर गोदावरी नगरपालिका छम्पी बस्ने १७ वर्षे क्रिष्टल देशारको चिकित्सकको लापरवाहीका क्रममा मृत्युभएको आरोप लगाउँदै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडका कारण अस्पतालको भवनका शिशा फुटेको छ भने अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ । त्यस्तै अस्पतालमा रोकिराखिएको बा १९ च ६८८६ नंबरको निजी गाडीमा पनि क्षति पुगेको छ । अस्पतालभित्रै तोडफोड भएपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

देशारलाई पेट दुखेपछि पाटन अस्पताल पुर्याइएको र अस्पतालमा चिकित्सकले उपचारमा लापरावाही गरेको कारण देशारको ज्यान गएको मृतकका आफन्तको भनाइ छ । उनीहरूले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग राख्दै विरोध गरेका हुन् ।

shares