August 19, 2017

सुर्खेतमा प्रहरी सवार मिनिट्रक दुर्घटना हुँदा १ को मृत्यु, २३ घाइते

काठमाण्डौ, ९ जेठ । सुर्खेतको छेडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

२४ जना प्रहरी सवार मिनी ट्रक कालिकोटबाट सुर्खेत जाँदै गरेको ना १ ग ४७६ नम्बरको मिनी ट्रक दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ ।

घाइते २३ जनाको स्थानीय अस्पतालमा उपचार भरहेको छ ।