October 23, 2017

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयप्रति एमालेको असन्तुष्टि

काठमाण्डौ, ९ जेठ । निर्वाचनको मुखमा सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दलहरूको बैठकमा एमालेले निर्वाचन आचारसंहिता विपरीत सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै आपत्ति जनाएको हो । बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको संख्या बढाउनुको कारण सरकारले प्रष्ट पार्न नसकेको बताए ।

बैठकमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तराई मधेशमा लामो समयदेखि आन्दोलन गरिरहेका शक्तिहरुलाई सहमतिमा ल्याउन र चुनावमा भाग लिने वातावरण बनाउन स्थानीय तहको संख्या बढाएको जानकारी दिए ।

त्यस्तै बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटबारे पनि छलफल भएको जानकारी दिए ।