October 18, 2017

प्रतिबन्धित ५० लाख ५० हजार भारुसहित दुई भारतीय नागरिक पक्राउ

काठमाण्डौ, ९ जेठ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिबन्धित भारतीय नोटसहित काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले काठमाण्डौको बुढानीलकण्ठबाट प्रतिबन्धित ५ सय र एक हजार दरका ५० लाख ५० हजार भारतीय रुपैयाँ सहित भारतको हरियाणा निवासी अनिल कुमार सोनी र किरण कुमार सोनीलाई पक्राउ गरेको हो ।

कारबाहीका लागि उनीहरुलाई राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइएको प्रहरीले जनाएको छ ।