October 18, 2017

म्यान्चेष्टरमा आत्मघाती विस्फोटमा परी मर्नेको संख्या २२ पुग्यो, ५९ जना घाइते

काठमाण्डौ, ९ जेठ । म्यान्चेष्टरको एरिनामा आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ भने ५९ जना घाइते भएका छन् ।

उक्त विस्फोट सोमबार राति अमेरिकी गायक एरियाना ग्रान्डेको कन्सर्ट सकिए लगत्तै भएको थियो । जब उनको सो सकिएर मानिसहरु स्टेडियमबाट बाहिर निक्लदै थिए तब उक्त धमाका भएको ब्रिटेन पुलिसले बतायो । घटनापछि गायक ग्रान्डेले याे घटनाले अाफू निकै मर्माहित भएकाे प्रतिक्रिया दिए ।

घटनाका एक प्रत्यक्षदर्शीले उक्त विस्फाेटका कारण अाफू ३० फिट परे हुत्तिएकाे बताए । पुलिसले यो घटनालाई आतंकवादी हमला मानेको छ । यो घटनापछि विश्वभरिबाट नै घोर निन्दा भइरहेको छ ।

साथै म्यान्चेष्टरको फुटबल क्लबहरुले पनि यस घनालाई लिएर प्रतिक्रिया जनाएका छन् ।