Breaking News

श्रीमतिलाई करणी गर्ने श्रीमानलाई तीन बर्ष जेल

काठमाडौं १ असार । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् । पीडक श्रीमानले बयानकाक्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो ।

फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर गर्ने भएकाले दुबैको नाम गोप्य राखिएको छ ।

२०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालत पुगेको श्रेष्तेदार गोपाल थापाले बताए । प्रतिवादी फरार रहेकोले फागुन २७ गते मुलतवी राखिएको मुद्दा दुई वर्षपछि ०७४ माघ २६ गते ब्युतिएको थियो । पीडितले जाहेरीमा श्रीमानले कान्छी श्रीमति लिएर भागेको र केहि सयमपछि फर्केर आफुमाथि जबरजस्ती करणी गरेको उल्लेख गरेकी थिइन् । यो खबर कान्तिपुर दैनिकमा छ ।

shares