Breaking News

नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

ताप्लेजुङ, ३१ जेष्ठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

चरणबद्ध आन्दोलनमा उत्रिएको संघले फुङलिङमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला जलाएका हुन् । सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै देशलाई कालाबजारी र माफियाको चंगुलमा फसाएको तथा अाम सर्वसाधारणलार्इ मारमा पारेको नेविसंघले आरोप लगाएको छ ।

सरकार दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गराउने योजनामा लागेको भन्दै आफूहरू आन्दोलित भएको नेविसंघ ताप्लेजुङका सभापति डम्बर हाङगामले बताए । संघले देशका विभिन्न कलेज र विश्वविद्यालय अगाडि प्रदर्शन र विरोध कार्यक्रम गर्दै अाइरहेको छ ।

shares