October 24, 2017

काठमाण्डौ महानगरपालिका वडा नं १९ मा कांग्रेसको प्यानलै विजयी

काठमाण्डौ, ९ जेठ । स्थानीय निर्वाचन अन्तर्गत काठमाण्डौ महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार शशीलाल श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आनन्द शाहीलाई ७८ मतान्तरले हराएका हुन् । कांग्रेस उम्मेदवार श्रेष्ठले ८ सय ९९ मत प्राप्त गरिन् । त्यसैगरी महिला सदस्य रेणुकमल शाहीले १ हजार २ सय ३१ मत प्राप्त गरिन् । त्यसैगरी दलित महिला सदस्य र खुला सदस्यमा पनि कांग्रेसकै उम्मेदवारले बाजी मारे ।

अहिलेसम्म १४ वडाको मतगणनाको मतपरिणाम सार्वजनिक भइसकेको र बाँकी १३ वडाको मतगणना जारी रहेको निर्वाचन आयोगले जानकारी दियो ।