Breaking News

श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को ज्यान गयो

काठमाण्डौ, ३१ जेष्ठ । श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को ज्यान गएको छ ।

श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेस प्रतियोगितामा सहभागी भएका काठमाडौंका बाइकर नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

महर्जनको शव छिटो नेपाल झिकाउने पहल गरिदिन उनका परिवारले सरकारलार्इ अनुरोध गरेका छन् । विपन्न परिवारमा हुर्केका उनलार्इ  श्रीलंका पठाउँदा पनि चन्दा संकलन गरेर पठाइएको परिवार स्रोतले जनाएको छ ।

‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म श्रीलंकन एयरलाइन्सद्वारा अायोजित उक्त अन्तर्राष्ट्रिय रेस प्रतियोगितामा  नेपालसँगै बेलायत, जर्मन, इटाली, स्विजरल्यान्ड लगायतका देशहरूबाट ३९ प्रतियोगी बाइकरहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धीको बीचमै मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएकाे छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगनकाे घोषणा गरेको हाे ।

shares