Breaking News

३३ किलो सुन तस्करी प्रकरण: बाजेको सेकुवामा छापा

काठमाण्डौ, ३० जेष्ठ । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन समितिले काठमाण्डौ‌ं उपत्यकाका विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवामा शिलबन्दी गरेको छ ।

समितिले रेस्टुरेन्ट सञ्चालक चेतनाथ(चेतन) भण्डारीको पनि संगठित सुन तस्करीमा संलग्नता रहेको र तस्करीबाट आर्जित रकम रेस्टुरेन्टमा प्रयोग भएको दाबी छ । सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ ।

सुन तस्करी काण्डमा भण्डारी फरार प्रतिवादी हुन् । भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन् । भण्डारी उप्रेतीका भान्जा नाता पर्छन् । बाजेको सेकुवा नाममा भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालो सञ्चालक रहेको एउटा गरी ६ वटा होटलमाअनुसन्धान समितिले कारोबार रोक्का गर्दै शिलबन्दी गरेको छ ।

उपत्यकामा बाजेको सेकुवा नामका १० वटा होटल सञ्चालनमा छन् ।

shares