August 19, 2017

दोस्रो चरणको निर्वाचन सरकारका लागि चुनौतीपूर्ण : पशुपति शमसेर राणा

भक्तपुर ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर राणाले  स्थानीय तहको दोस्रो चरणको निर्वाचन चुनौतीपूर्ण रहेकाे बताएका छन ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाई मतको आवश्यकताका साथै मधेशको समस्या समाधान नभए निर्वाचन असम्भव रहेकाले सरकारले बिभिन्न खालकाका चुनौतीको सामना गर्नु पर्ने बताए ।

उनले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोलाई छोडेर गाईमा जानु, चुनाव परिचालन तवर तरिका नमिल्नु र राप्रपालाई अन्तरघात हुनुले नै निर्वाचनमा राप्रपाले लज्जास्पद पराजय भोग्नु परेको बताए  ।

बरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपा नेपालले आफनो सहभागिता जनाउँने भन्दै तराई मधेशमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा पनि राप्रपाले सरकारलाई सहयोग गर्ने र आफु पनि निर्वाचनमा सहभािग हुने जानकारी दिए।