April 24, 2017

२१ औं ‘एसियन तेक्वान्दो’ को लागि नेपाली टोली हङकङ प्रस्थान

काठमाण्डौ, ६ वैशाख । हङकङमा हुने २१ औं ‘एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागी हुने खेलाडीलाई  त्रिपुरेश्वर दशरथ रंगशालास्थित नेपाली राष्ट्रिय तेक्वान्दो टोली प्रशिक्षण केन्द्रमा बिदाई गरिएको छ ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणा र प्रमुख प्रशिक्षक ध्रुव गुरुङ लगायतले उनीहरुलाई बिदाई गरेका हुन् । सो अवसरमा संघका अध्यक्ष राणाले पछिल्लो संस्करणमा हासिल गरेको उत्कृष्ट नतिजालाई निरन्तरता दिन अाग्रह गरे ।

अप्रील २२ देखि २४ सम्म हङकङमा हुने च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडी, १ प्रशिक्षक, २ व्यवस्थापक र १ निर्णायकको सहभागिता रहेको छ । च्याम्पियनसिपमा क्याडेट २९ केजी मुनिमा सुप्रिमा बजगाई, जुनियरको ४२ केजीमुनि दक्षिण शाही ठकुरी र सिनियरतर्फ विकेश बिडारीले ७४ केजीमुनिमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्य खेलाडीमा सिनियरतर्फ मिसन रासकोटीले ५८ केजीमुनि, सुमित्रा खत्रिले ७३ केजीमाथी, सागर तिमिल्सिनाले ६८ केजीमुनि, रोबिन राईले ५४ केजीमुनि, अमृत थापाले ६३ केजीमुनि, आकाश पुनले ६८ केजीमुनि, क्याडेटमा ४५ केजीमुनिमा सुजन गुरुङ र जुनियरको ५४ केजीमुनि प्रकास थापाले भाग लिने छन् ।

पुम्सेको ३० वर्षमाथि सुरज श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा कुमार लामा घिसिङ, निर्णायकमा नोर्बु लामा र टिम व्यवस्थापकमा राजिव श्रेष्ठ र राजु खड्का रहेका छन् । उक्त प्रतियोगितामा एसियाका विभिन्न १३ राष्ट्रको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *