तेस्रो स्थापना दिवसका अवसरमा नयाँशक्तिको पदयात्रा

काठमाण्डौ, ३० जेष्ठ । नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा पदयात्रा गरिएको छ ।

नयाँ बानेश्वरबाट शुरु भएको सो पदयात्रा बिजुलीबजार हुँदै बहरमहलमा आएर समापन गरिएको थियो । पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गरेका थिए ।

पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो । पदयात्रामा विभिन्न जाति, समुदायका सांस्कृतिक वेशभूषा तथा बाजागाजासहित सहभागी थिए भने पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए ।

विसं २०७२ जेठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा उक्त पार्टी स्थापना भएको हो । स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तक्र्रिया तथा युवा भेलासमेत गरिने आयोजना गरिएको छ ।