Breaking News

प्रहरीद्वारा ५० हजार लिटर घरेलु मदिरा नष्ट

काठमाण्डौ, ३० जेष्ठ । महानगरीय प्रहरी परिसर काठमाडौँले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा बुधबार नष्ट गरेको हो । टोलीले काठमाडौँ उपत्यकाको बौद्ध, नयाँ बसपार्क, चावहिल, कालिमाटीसहितका ठाउँबाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको जनाएको छ । रक्सी बनाउनका लागि स्वास्थ्यलाई गम्भीर हानी गर्ने युरिया मल, पुरानो फोहरो कपडासहितका सामग्री प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताए । घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरू हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेको उनले बताए ।

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पु¥याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ ।

shares