Breaking News

राजपा सरकारमा अाइहाल्ने सहमति भएको छैन: प्रचण्ड

काठमाण्डौ, २९ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा आइहाल्ने सहमति नभएको बताएका छन् ।

मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राजपालाई सरकारमा सामेल गराउने बारेमा छलफल भइरहेको भन्दै सहमति भने भइनसकेको बताएका हुन् । फौज्दारी अभियोग लागेका सांसद्लाई नियमावलीमा छुट दिइए पनि ऐनमा निलम्बन नै शब्द राख्ने कुरामा दलबीच सहमति भइसकेको पनि अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको बताए । उनले मुलुकको समृद्धि र विकासमा सरकारले प्रतिपक्षीलाई पनि साथमै लिएर अघि बढ्ने बताए ।

प्रचण्डले अहिलेको बजेट विकास र सुशासनको दीर्घकालीन महत्वलाई लक्षित गरेर आएको धारणा पनि राखे ।

shares