ट्रम्प-किम वार्ता: अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने

काठमाण्डौ, २९ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ ।

सिंगापुरमा मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेबापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ ।

वार्तामा ट्रम्पले आफूले छिटोभन्दा छिटो निशस्त्रीकरण गर्ने प्रक्रिया सुरु हुने अपेक्षा गरेको बताएका छन् । उत्तर कोरियाले भने  सम्भव भएसम्म चाँडै गर्ने जवाफ दिएको छ ।

राजनीतिक विश्लेषकहरूले भने उक्त शिखर वार्तामा ठोस सहमति हुन नसकेको तर्क गरेका छन् ।