Breaking News

खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियान सकारात्मक: खेलकुदमन्त्री

काठमाण्डौ, २९ जेष्ठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियान सकारात्मक भएको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार ललितपुरमा आयोजना गरेको राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले उक्त अभियानले नेपाली समाजको सर्वाङगीण विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

खेल क्षेत्रको विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको समेत उनले बताए । उनले खेलकुदमा धेरै महिलाहरूले नेपाललाई पदक दिलाएको स्मरण गर्दै खेल क्षेत्रमा धेरै भन्दा धेरै महिलालाई सहभागिता गराउनु अपरिहार्य भएको तर्क गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरूको बढीभन्दा बढी सहभागिता बढाउन सबै जिल्लामा अभियाननै संचालन गर्न लागिएको बताए । अभियानका लागि आवश्यक बजेटको व्यवस्था सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् गरेको उनले बताए ।

सदस्य सचिव विष्टले नेपालको पहिचानलाई विश्वमा उचाइमा पु¥याउन पनि नेपाली महिला खेलाडीहरूको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको जानकारी दिए ।

shares